देशमा राष्ट्रिय एकता आवश्यक छः ओली

 kp oli

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी गरेको संविधानले सार्वभौमसत्ता र स्वाधीनता प्रकट गरेको बताएका छन ।

संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरी निर्वाचन भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढ्नेमा केन्द्रित हुन सबैमा आग्रह गर्दै यतिबेला देशलाई राष्ट्रिय एकताको आवश्यकता परेको बताउएका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...