समयअनुसार परिवर्तन नभए काँग्रेस समाप्त हुन्छ : नेता सिंह
गणेशमानको विचार र सिद्धान्त बिर्सिदै काँग्रेस

नगरकोट । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार काँग्रेसमा परिवर्तन नआए जन आधार गुम्ने र पार्टी नै समाप्त हुने बताए । उनले पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए ।
पार्टीमा लामो समय काम गरिसकेको भावना कदर गर्न नसकेको नतिजा गत निर्वाचनको परिणामले देखाएकाले अबको निर्वाचनमा कार्यकर्ता निर्णयमा उम्मेदवार छनोट गर्नसके काँग्रेस पहिलो पार्टी बन्ने नेता सिंहले बताए ।
पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले कार्यक्रममा बोल्दै काँग्रेसको नेतृत्वमा संविधान जारी जारी भयो । अब प्रदेश तथा केन्द्रको निर्वाचन काँग्रेसको नेतृत्वमा सम्पन्न भएपश्चात् संविधानको कार्यान्वयन पनि हुने उनले बताए ।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सांसद रामेश्वर ढुंगेल, पूर्व सांसद लेखनाथ न्यौपाने, नेपाली काँग्रेस भक्तपुरका सभापति दुलर्भ थापालगायतले सम्बोधन गरेका थिए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस