आयल निगम घोटालामा वाइसिएलको चासो

निर्देशक खड्कालाई कडा कारबाही गर्न माग

Ycl mag gyapan

काठमाडौ । नेकपा (माओवादी केन्द्र) निकट संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई कडा कारबाही गर्न माग गरेको छ ।

राष्ट्रिय स्रोत तथा साधनको दुरुपयोग गरेका खड्कालाई तत्काल कारबाही गर्न माग गर्दै आपूर्ति मन्त्री शिवकुमार मण्डललाई आज एक ज्ञापनपत्र बुझाएको हो ।

चलनचल्तीको मूल्यभन्दा बढी मूल्य तिरेर निगमका लागि जग्गा खरिद गरेको र प्रचलित मूल्य र मान्यताविपरीत गएर काम गरेको भन्दै कारबाहीको माग गरिएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै आपूर्ति मन्त्री मण्डलले खड्काको सम्बन्धमा छानबिन भइरहेको र मन्त्रालय दोषी उम्काउने पक्षमा नरहेको बताए । उनले खड्कालाई कारबाहीका लागि केही दिनभित्रैे प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

संसदीय समितिको छानबिन, अध्ययन तथा मन्त्रालय आफँैको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै आपूर्ति मन्त्री मण्डलले दोषी देखिएका जो कोहीमाथि पनि कानूनी कारबाही हुने बताए ।
उनले भने– संसद्को अर्थ समिति, लेखा समिति, सुशासन समिति र उपभोक्ताहित संरक्षण समितिले समेत खड्कालाई कारबाही गर्न निर्देशन दिइसकेको छ ।

खड्कालाई कारबाही नभएकामा सरकार र मन्त्रालयप्रति समेत आक्रोश बढेकाले कारबाहीका लागि दबाब सिर्जना गर्न आफुहरु पछाडी नहट्ने वाइसिएलका अध्यक्ष सापकोटाले जानकारी दिए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...