सत्तरी वर्ष कटेपछि चुनाव नलडौँ : रक्षा मन्त्री

Bhimsen das pradhan

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन् । 

काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताएका हुन्। 

उनले भने, 'हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।'

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताए । राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उहाँले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गरे । 

रक्षा मन्त्रालय अहिले काठमाडौँ नीजगढ द्रूतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम शुरु भई चार वर्षमा निर्माण गरिसक्ने बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...