मधेशका माग सम्बोधन गर्नको लागि हामी सरकारमा गएका हौं : अध्यक्ष राणा

Mkk

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको बताएका हुन् ।

राप्रपाको कमजोर स्थान रहयो, यसले हाम्रो एकीकरणलाई नेपाली जनताले रुचाएनन्, त्यसैले पार्टी अलग गरेर बृहत एकताको आह्वानमा जुटेका छौँ।’

मधेश आन्दोलनले उब्जाएका मागहरु सम्बोधन गर्नको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । राणाले भने,‘मधेशका मागहरु सम्बोधन हुनुपर्छ, मधेशका जायज आवाजहरुलाई दबाउनुहुँदैन, यदि मधेशका माग सम्बोधन नगर्ने हो भने मुलुकमा स्थायित्व, समृद्धि र विकास सम्भव हुँदैन।’

राणाले प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति, स्थायित्व र दिगो विकास हुने विश्वास दिलाए । उनले भने,‘सरकार २ नम्बर प्रान्तको निर्वाचन गर्नको लागि जुटिरहेको छ, निर्वाचनपछि मधेशका जनताले आफ्ना जनप्रतिनिधिहरु पाउँछन् र मधेशको विकास, अधिकारहरुको सुनिश्चितताको वातावरण बन्छ।’

बृहत्त एकताको नाराले कसलाई सम्बोधन गर्न खोजेको हो नि भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा अध्यक्ष राणाले भने,‘राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ, स्थायी शान्ति र दिगो विकासको लागि सरकार र अन्य दलहरुलाई यो अभियानमा लाग्न आग्रह गर्दछु, यस कार्यमा उभिदा मुलुक आत्मनिर्भर बन्छ, शान्ति र स्थायित्व हुन्छ।’

अध्यक्ष राणाले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको ए–राप्रपा राष्ट्रवादीले चाहे पार्टी एकता गर्नको लागि आफ्नो पार्टी तयार रहेको समेत स्पष्ट पारे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...