सुनको भाउ घट्यो प्रतितोला ५६ हजार ८ सय रुपैँयामा कारोबार
काठमाडौं । हिजो २ सय रुपैँयाले बढेको सुनको भाउ बिहिबार भने घटेको छ । बिहिबार सुन तोलामा ३ सय रुपैँयाले घटेको छ । चाँदी पनि तोलामा ५ रुपैँयाले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ५६ हजार ८ सय रुपैँयामा कारोवार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ८० रुपैँयामा कारोवार भइरहेको छ ।
हिजो सुन प्रतितोला ५७ हजार १ सय रुपैँयामा कारोबार भएको थियो भने चाँदी तोलाको ७ सय ८५ रुपैँयामा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस