पार्टी कार्यकर्ताबीच एकताको आवश्यकता छ : मन्त्री केसी

पोखरा । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले मंसिरमा हुने संघीय र प्रादेशिक निर्वाचनमा पार्टी कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
नेपाली काँग्रेस कास्कीद्वारा अाइतवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीको सिद्धान्त र विचारलाई आत्मसात् गर्दै एकता र सद्भावका साथ निर्वाचनमा जुट्नु वर्तमानको आवश्यकता भएको बताए ।
'आन्तरिक विवादका कारण स्थानीय तहको निर्वाचनमा पार्टी इतिहासमै कमजोर हुनु सबैका लागि चिन्ताको विषय हो,” काँग्रेस नेतासमेत रहेका केसीले भने, “निर्वाचनमा हाम्रोलाई होइन राम्रो मानिसलार्ई अगाडि बढाउनुपर्दछ ।'
निकट भविष्यमा नेपालमा हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि मन्त्रालय तयारीमा जुटेको बताउँदै उनले प्राकृतिक रुपले नै सुन्दर नगरी पोखरामा पाँचदेखि सातवटा खेल सञ्चालन गरिने जानकारी दिए ।
मुलुकमा विभेद र अवसरबाट वञ्चित रहेको शक्ति युवा भएको बताउँदै उनले उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी युवालाई विदेशमा नभै स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकारी नियुक्ति वा कुनै पनि कार्यकर्तालाई अवसर दिँदा संस्थागत निर्णयका आधारमा गर्नुपर्ने विचार व्यक्त गरे ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस