समाज परिवर्तनमा बिपीको सिद्धान्त महत्वपूर्ण : नेता सिटौला

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताएका छन् ।
१०४ औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समिति र नेपाल महिला संघ क्षेत्रीय समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले समाज परिवर्तनका लागि बिपीको मार्ग र सिद्धान्त आत्मसात गर्नुको विकल्प नभएको बताए ।
समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलापको नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । बिपी जयन्तीकै अवसरमा मेची अञ्चल अस्पतामा आयोजित फलफुल वितरण तथा सरसफाइ कार्यक्रमसमेत उनि सहभागी थिए ।
पार्टी कार्यकर्तासँग सहभागी हुँदै नेता सिटौलाले अस्पताल परिसरमा सरसफाइ र बिरामीलाई फलफूल वितरणसमेत गर्नुभयो । उहाँले अस्पतालको बाहिर र भित्री भागको सरसफाइमा ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे ।
काँग्रेस भद्रपुर नगरसमितिका अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष राम कट्टेल, मेडिकल सुपरिटेण्डेण्ट डा पिताम्बर ठाकुर, काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, महिला संघकी क्षेत्रीय सभापति शर्मिला अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस