राजपा महोत्तरीले उम्मेदवार टुंगो लगायो

Rajapa and china

गौशाला । राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रमुख तथा अध्यक्षका उम्मेदवारको टुंगो लगाउन सफल भएको छ ।

सो पार्टीका नेता सुदीप झाका अनुसार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुखमा रामशंकर मिश्र, गौशाला नगरपालिकाको प्रमुखमा देवनारायण महतो, मनरासिस्वा नगरपालिकाको प्रमुखमा सञ्जय सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा रामबाबु मण्डल र भंगहा नगरपालिकाको प्रमुखमा सञ्जीव साहको नाम टुंगो लगाएको छ ।

त्यस्तै, बलवा नगरपालिकाको प्रमुखमा विजय महतो, औरही नगरपालिकाको प्रमुखमा शंकर यादव, मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाको प्रमुखमा जानकीशरण साहको नाम टुंगो लगाएको जनाइएको छ ।

यसैगरी, सो पार्टीले जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्षमा विश्वेश्वर यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, पिपरा गाउँपालिकाको अध्यक्षमा विनोद चौधरी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामबाबु साह र एकडारा गाउँपालिकाको अध्यक्षमा रामछविला साहलाई उम्मेदवारका रुपमा चयन गरेको नेता झाले बताए ।

राजपाले जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेससँग तालमेल गरी चुनाव लड्ने वातावरण बनिरहेकाले बर्दिबासको उम्मेदवार अहिलेसम्म टुंगो लगाउन नसकिएको नेता झाले थपे।

दश नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा राजपाले १४ स्थानको प्रमुख/अध्यक्षको नाम टुंगो लगाएको छ भने उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यको नाम मंगलबार टुंगो लगाउने योजना रहेको नेता झाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...