संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार प्रयासरत : मन्त्री बस्नेत
प्रदेश तथा प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई सफल बनाउन आह्वान
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
‘हाम्रो आफ्नै आनीबानी, आफ्नै हावापानी, आयुर्वेदमा गरौँ लगानी’ भन्ने नाराका साथ शुक्रबार देखि शुरु भएको नेपाल आयुर्वेद चिकित्सक सङ्घको नवौँ सम्मेलनको उद्घाटन गर्दै उनले भने, 'राष्ट्रिय जनता पार्टी संविधान संशोधन नभई तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुनु अति सकारात्मक कुरा हो । सरकारले पनि संविधानलाई सर्वस्वीकार्य बनाउन आफ्नो तर्फबाट गरिनुपर्ने प्रयासलाई छाडेको छैन ।'
प्रदेश तथा प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई सफल बनाउन पनि आह्वान
स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचनले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरण हुने चर्चा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले यी निर्वाचनले राजनीतिक संक्रमणको अन्त्य गर्दै आर्थिक समृद्धिको ढोकासमेत खोल्ने विश्वास व्यक्त गरे ।
उनले भने, 'जति छिटो राजनीतिक संक्रमणकालको अन्त्य हुन्छ, त्यति नै छिटो राजनीतिक स्थायित्व र आर्थिक समुन्नत हुन्छ, यसैकारण आगामी दिनमा हुने निर्वाचनलाई सफल बनाउन म सबैमा आग्रह गर्छु ।'
संघीय संरचनामा आयुर्वेद सेवालाई स्थानीय तहसम्म विस्तार गर्न यसको संरचनालाई फराकिलो बनाउँदै लैजान र यसको महत्व र उपादेयतालाई आमजनतामाझ पु¥याउन आवश्यक भएकामा मन्त्री बस्नेतले जोड दिए । उनले आयुर्वेद विश्वविद्यालय स्थापना गर्न पहल गर्ने जानकारीसमेत दिए ।
संघीय संरचनामा आयुर्वेद सेवाको थप विस्तार, यस क्षेत्रमा भएका अनुसन्धान र अनुभव एकापसमा आदानप्रदान गर्ने ध्येयले आयोजित सो दुईदिने सम्मेलनमा ३०० आयुर्वेद चिकित्सकले भाग लिइरहेका छन् ।
सङ्घका सचिव डा प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदका महत्वपूर्ण पक्ष पञ्चकर्म, छारसूत्र विधिका साथै यस क्षेत्रमा विदेशी लगानी, बजेट वृद्धि, जनशक्ति विकास, अस्पतालमा पनि आयुर्वेदका एकाइ स्थापनाजस्ता क्षेत्रमा पनि सम्मेलनमा छलफल हुनेछ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले मन्त्रालयले पछिल्लो समय आयुर्वेदका क्षेत्रमा लगानी वृद्धि गर्दै लगेको तर लगानीअनुरुपका प्रतिफल नआएको बताए । नसर्ने रोगको वैकल्पिक उपचारमा आयुर्वेदको महत्व बढ्दै गएको अनुभव पनि उनले सुनाए ।
सो अवसरमा आयुर्वेदका क्षेत्रमा महत्वपूर्ण योगदान दिएबापत डा शेषराज आचार्य र डा सरिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस