सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार ५५ हजार ५ सय रुपैयाँ रहेकोमा मंगलबार एक्कासी बढेर ५६ हजार ५ सय पुगेको थियो। बुधबार सो मूल्यमा २ सय रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य भने स्थिर छ ।
बुधबार पनि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीमा पनि हिजो तोलामा १५ रुपैयाँ बृद्धि भएको थियो
प्रतिकृया दिनुहोस