प्रधानमन्त्रीको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया
भ्रमण सफल भएको सत्तारुढ दलको दावी, आन्तरिक मामिलालाई भारतमा सार्वजनिक गरेको प्रतिपक्षीको आरोप

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ । सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भएको बताए भने प्रतिपक्षी दलका नेताहरुले भारतमा गएर नेपालको आन्तरिक विषयमा बोलेको भन्दै आपत्ति जनाए ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एनपी साउदले प्रधानमन्त्री देउवाको भारत भ्रमण ऐतिहासिकरुपमा सफल भएको विचार व्यक्त गरे ।
उनले भारतले नेपालको प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्व दिएको तथा उहाँलाई गरिएको आतिथ्य र सत्कारबाट पनि उक्त भ्रमण कस्तो रह्यो भन्ने स्पष्ट भएको बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणको बेला भारतसँग विभिन्न आठ महत्वपूर्ण विषयमा सम्झौता भएको र यसले देशको आर्थिक हितलाई राम्रो प्रभाव पर्ने बताए । नेता साउदले प्रधानमन्त्रीले भारतसहित कुनै पनि मुलुकमा गएर देशको राष्ट्रिय मुद्दालाई स्पष्ट रुपमा कुरा राख्न पाउने र यसलाई अन्यथा लिन नहुने चर्चा गरे ।
नेकपा (एमाले)का नेता आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलालाई भारतमा लगेर सार्वजनिक गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको र गौतमबुद्ध तथा बुद्ध भूमिको बारेमा पनि विवादास्पद अभिव्यक्ति दिएको उल्लेख गरे । अर्को एक प्रसंगमा एमालेले प्रदेश नं २ मा कुनै पार्टीसँग तालमेल नगर्ने र चुनावमा पहिलो पार्टी हुने दाबी गरे ।
नेकपा(माओवादी केन्द्र्र) का नेता देवेन्द्र पौडेलले नेपालका केही राजनीतिक दलमा छिमेकी मुलुक भारतको विरोध गरेर राष्ट्रवादी भइन्छ भन्ने प्रवृत्ति बढेको बताए । उनले भारत र चीनसँग नयाँ शिरामा सम्बन्धको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
अर्को प्रसंगमा उनले प्रदेश नं २ मा असोज २ को स्थानीय निर्वाचनमा आफ्नो पार्टी संघीय समाजवादी फोरम र राजपासँग तालमेल गर्ने पक्षमा रहेको जानकारी दिए ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस