प्रचण्डको धम्कीले काँग्रेस डराउँदैन : कोइराला

Sujata and sushil 26

भक्तपुर, । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् ।

रफत सञ्चार क्लबमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले बेला बखतमा धम्की दिने प्रचण्डले पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका बिषयलाई लिएर नयाँ सत्ता समिकरणका बारे दिएको अभिव्यक्ति एक धम्की मात्र भएको र धम्कीलाई काँग्रेसले गहन रुपमा नलिएको उनले बताइन् ।

कोइरालाले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयसीमाभित्र पुरा गर्नुपर्ने बताईन् । यसका लागी सरकार र निर्वाचन आयोगले प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ ।

निर्वाचनमा कसले जित्छ कसले हार्छ भन्नु भन्दापनि पहिलो कुरा निर्वाचन समयमै गराउनु नै हो नेतृ कोइरालाले भनिन् ‘सबैलाई समेटेर तीनै तहका निर्वाचन सहज रुपमा सफल बनाउनुपर्छ ।’
नेतृ कोइरालाले प्रदेश नंम्बर दुईकोसहित तीनवटै तहको निर्वाचनका लागी नेपाली काँग्रेस तयार भैसकेको बताइन् ।

निर्वाचन सम्पन्न गर्नका लागी आबश्यक कानून तथा विद्येयकहरुलाई छिटोभन्दा छिटो पास गर्नुपर्नेमा उनले जोड दिइन् ।

तराई मधेशका जनता निर्वाचनका लागी आतुर भैसकेको कारण तत्काल विधेयक र नीतिहरु पास गरि जनताको अपेक्षा अनुसार निर्वाचन गर्न जरुरी रहेको उनले बताइन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण मुलुकको हितकै पक्षमा रहेको बताउँदै यो भ्रमणका क्रममा मुलुकको र आम नेपालीका हितका बिषयमा दुईपक्षिय कुराकानी र विविध बिषयमा आपसी सहमति तथा सम्झौता हुन सक्ने पनि बताइन् ।

पछिल्लो समय भारत र नेपालबीच केही बिग्रिएको सम्बन्धमा सुधार ल्याउन पनि प्रधानमन्त्रीको भ्रमणले सकारात्मक रोल खेल्ने उनले बताइन् ।

नेपालमा राजनीतिक दलहरुबीच सहमति सहकार्य भै दलहरु आपसमा मजबुद भएको अबस्थामा बाह्रय शक्तिले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ ।

पछिल्लो समय राप्रपाको फुटका बिषयलाई लिएर उनले भनिन् नेपालमा दलहरुबीच टुटफुटको क्रमले राजनीतिक संक्रमण बढेको छ । राप्रपाको फुटपनि अपरिपक्क राजनीति खेल भएको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...