एमाले नेता खनालले जनप्रतिनिधिलाई भने : जन भावनाअनुसार काम गर्नुस्
इलाम। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनताका भावनाअनुसार स्थानीय तहमा काम गर्न जनप्रतिनिधिलाई आग्रह गरका छन् ।
एमाले १ नं. प्रदेश कमिटीले इलाम सदरमुकाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता खनालले जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका छन्, सोहीबमोजिम काम गर्नुस् भने ।
स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको अवस्थामा सबै प्रदेशबाट एमाले पहिलो पार्टी हुने बताए । सरकारले प्रदेश र सङ्घको निर्वाचन मिति तोक्न ढिलाई गरेकामा आपत्ति जनाए ।
निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउँदै राष्ट्रलाई सम्मुन्नत बनाउने खालका अग्रगामी योजना ल्याउन समेत जनप्रतिनिधिलाई आग्रह गरे।
प्रशिक्षण कार्यक्रमलाई एमालेका महासचिव ईश्वर पोखरेल, सचिव भीम आचार्यलगायतले नेताहरूले प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ बाट स्थानीय तहमा निर्वाचित ३०० भन्दा बढी जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जि...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस