एमाले मंसिरको पहिलो साता निर्वाचन गर्ने पक्षमा : ओली

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) भद्रपुर नगर कमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए ।
‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने, “नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ ।”
स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दैै अध्यक्ष ओलीले भने, “राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन ।”
आन्दोलनका क्रममा केही समस्या र मतभेद् हुने बताउँदै उनले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गरे । ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए”, उनले भने, “नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् ।”
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा नरहेको दाबी गर्दै उनले भने, “एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस