भीम रावलको प्रश्न : सप्तरीमा जनता डुबानमा छन्, राजपा नेता विदेशी दुतावासमा बैठक गर्न मिल्छ ?

Bim rawal

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मधेशी नेताहरुसँग आक्रोस पोखेका छन् । उनले मधेशमा बाढीले ड’वाइरहेका बेला मधेशका कुरा गर्ने गर्ने मधेशी नेताहरु भारतीय दुतावासमा पुगेर डिनर खाइरहेको आरोप लगाएका छन् ।

नेता रावलले भने, ‘सप्तरीमा जनता डुबेका छन्, त्यसबारे एक शब्द पनि नबोल्ने ? अनि दुतावास दुतावासमा धाएर बस्ने ?’ उनले मधेशमा समस्याप्रति राष्ट्रिय जनता पार्टीका नेताहरुले ध्यान नदिएको आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा रावलले सप्तरीमा केही दिनदेखि लगातार आएको बाढीले डुबानमा रहेकाले अहिले राजपाका नेताहरुले आन्दोलनभन्दा पनि त्यस विषयमा बोल्नुपर्ने बताए । उनले भने, ‘चुनावमा जादैनौं भनेर आन्दोलन गर्ने अनि सप्तरी डुबेको बेला दुतावासमा पुगेर डिनरमा रमाउन मिल्छ र ?’

नेता रावलले चुनावमा भाग लिने वा नलिने वा के गर्ने भन्नेबारे छलफल गर्न राजपा नेपालका नेताहरु दुतावास जानु अन्र्तराष्ट्रिय कानुन र भियाना कन्भेन्सनको विपरित रहेको समेत आरोप लगाए । उनले यसरी आन्तर्राष्ट्रिय कानुन विपरितको काम गर्ने कसैलाई छुट नभएको बताए ।

उनले तराई मधेशका जनताले चुनाव चाहिरहेकाले जनताको मत हाल्ने अधिकारलाई बञ्चित नगर्न राजपालाई आग्रह गरे । उनले भने, ‘आफूचाहीँ संसदमा प्रधानमन्त्री चयन गर्न मतदान गर्न जाने, अनि जनतालाई आफ्नो मत हाल्नबाट बञ्चित गर्ने, यो कस्तो राजनीति हो ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...