बाणगंगा र कपिलबस्तु कांग्रेस विजयी

Nc flag

कपिलबस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

बाणगंगामा नेपाली कांग्रेसमा मेयरका उम्मेद्वार मंगलप्रसाद थारुले १५ हजार ७ सय ३८ मत ल्याई विजयी भएका हुन् ।

उपमेयरमा भने नेकपमा एमाले विजयी भएका छन् । एमालेका चक्रपाणि अर्यालले १५ हजार ८ सय ९३ मत ल्याई विजयी भएका हुन् ।
यता कपिलबस्तुकै कपिलबस्तु नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

कपिलबस्तु नगरपालिकामा नेपाली कांग्रेसका किरण सिंहले ९ हजार २ सय ५४ मत ल्याई विजयी भए ।

उपमेयरमा पनि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी लक्ष्मी कसौधनले ८ हजार ८ सय ६५ मत ल्याई उपमेयरमा विजयी भइन् ।

कपिलबस्तुका राजपाको राम्रो पकड छ । तर, राजपामा तर्फबाट स्वतन्त्र स्वतन्त्र उम्मेदवार दोस्रो स्थानमा रहे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...