बालुवाटारमा मन्त्रीहरु पत्रको पर्खाईमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरुलाई आज २ बजे सपथ ग्रहण गराउने बताए पनि ४ बज्न लाग्दा पनि गराउन सकेका छैनन् ।
यद्यपि मन्त्रीको नाम फाइनल भइसकेकाहरु बालुवाटारमा प्रधानमन्त्रीको पत्रको पर्खाईमा रहेका छन् । बालुवाटारमा पत्र बुझेपछि मात्र सपथग्रहण गर्न जाने छन् ।
सबै पार्टीहरुले मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन ।
स्रोतका अनुसार प्रधानमन्त्रीले सबैलाई मन्त्रालयको नाम टुंगो लगाउन नसक्दा ढिलाई भइरहेको छ ।
प्रतिकृया दिनुहोस