आफ्नैबाट चेपुवामा परे देउवा
काठमाडौं । आफ्नै पार्टीका नेताहरुबाट चेपुवामा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेनन् ।
आज मन्त्रिपरिषद बिस्तार गरेर ४ बजे सपथ खुवाउने देउवाको योजना थियो । तर, बरिण्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले खोँचे थाप्दा देउवाको योजना पूरा हुन सकेन ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट नाम तयार पारे पनि देउवाले आज मन्त्रिपरिषद बिस्तार गर्न नसकेपछि देउवालाई बुझाएन ।
अब देउवाले भोलीसम्म जसरी पनि मन्त्रिपरिषद बिस्तार गरी सक्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस