महिलालाई उपप्रधानमन्त्री र उप–सभापति चाहिन्छ

सुजाता कोइराला भन्छिन्, सभापतिले कसैलाई काखा र कसैलाई पाखा गर्न पाइँदैन

Sujata koirala

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र महिलालाई पनि उपप्रधानमन्त्री र उपसभापति दिनुपर्ने बताएकी छन् ।

उनले संविधानले उल्लेख गरे बमोजिम महिलाहरुलाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताइन् । ‘जेण्डर ब्यालेन्स मिलाउनको लागि पनि महिलाहरुलाई हरेक निकायमा संविधानले उल्लेख गरेबमोजिम उपस्थिति गराउनुपर्छ, उनले भनिन् ‘संसदमा पनि महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्छ पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’

कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने समेत उनले चेतावनी दिएकी छन् । उनले भनिन्, ‘पार्टीभित्र महिलाहरुलाई पनि स्थान दिनुपर्छ, उचित स्थान नदिए उत्साह मर्छ, सक्षम महिलाहरु धेरै छन् ।’ पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको बताइन् । उनले भनिन्, ‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

उनले मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्ने दावी गरिन् । उनले फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रिय कार्यसमितिमा नियुक्ति गर्नु उचित नहुने तर्क गरिन् ।

उनले पार्टीभित्र तत्कालीन पार्टी सभापति सुशील कोइरालाको पालामा पनि ६० र ४० को भागबण्डा हुँदा त्यसले पार्टीलाई राम्रो नगरेको स्मरण गर्दै उनले त्यतिबेला पनि आफुले गुटबन्दी गर्न नुहुने प्रस्ताव गरेको दावी गरिन् ।

पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य र सक्षम नेताहरुलाई स्थान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘कसैलाई काखा र कसैलाई पाखा गर्न पाईदैन, सभापतिले अब कुनै एक व्यक्ति र कुनै एक समूहलाई मात्रै चित्त बुझाउने गरी मात्रै काम गर्नुहुँदैन, उनले सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...