जित र हारका कारण खोज्दै

Ishor pokhrel

 

काठमाडौँ, । नेकपा एमाले ले स्थानीय तह निर्वाचनको पहिलो चरणमा आफ्नो पार्टीका उम्मेदवारले जित्नु र हार्नुका पाँच पाँच कारणसहित मातहतका कमिटीसँग विवरण माग गरेको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणको निर्वाचनबारे तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको सो पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विवरणमा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम, विजयी बनेका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको नामावली, निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव समेत समेट्न भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...