प्राकृतिक रूपमा धनी डोल्पा: त्रिपुरासुन्दरी अर्को सुन्दरता (तस्वीरहरू)

Tripurasundari, dolpa

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो, डोल्पा । ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा डोल्पा जिल्ला फैलिएको छ । ३ हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ ।

११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । त्यस्तै, झण्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् । विभिन्न जातजाति, धार्मिक र सांस्कृतिक मान्यता, प्रचलन, व्यवहार, स्थानविशेषका कृषि उत्पादन, जडिबुटी, टलक्क टल्किरहने हिमाल, हरियो जंगल र अटुट रूपमा कलकल बगिरहने खोलानाला यहाँका अनुपम गहना हुन् । 

Tripurasundari,-Dolpa.-37-1739585059.jpg

धार्मिक मान्यता, सांस्कृतिक धरोहर र परम्पराले गर्दा डोल्पाले नेपालको गौरव मात्रै बढाएको छैन, अनगन्ती प्राकृतिक दृश्य र मौलिक परम्पराले गर्दा पर्यटक वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेमा दुई मत छैन । धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा वर्णन भए अनुसार त्यहाँ त्रिपुरा नामको राक्षसलाई मारिएको हुँदा त्यस ठाउँको नाम त्रिपुराकोट रहन गएको भन्ने किंवदन्ती छ । सोही ग्रन्थमा उल्लेख भए अनुसार सतीदेवीको अङ्ग ढाड पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पति भएको भनिएको छ ।

सन् १११४ मा त्रिपुरासुन्दरी मन्दिरको स्थापना भएको हो । प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल छन् । 

Tripurasundari,-Dolpa.-24-1739585077.jpg

धार्मिक विशेषता नै विशेषता भएको त्रिपुरासुन्दरीमा पूर्वराजारानीदेखि राष्ट्र प्रमुखहरू पुग्नु परापूर्वकालदेखि नै माता भगवतीले इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ विजयादशमी, चैते दसैँ, श्रीपञ्चमी तथा महाशिवरात्रिमा हरेक वर्ष ठूलो मेला लाग्दछ । त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ । 

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...