कीर्तिपुरस्थित बर्न अस्पतालबाट अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्यको थप उपचार हुने

Belun bisthok

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा महानगर प्रमुख धनराज आचार्यको भने अझैं केही अस्पतालमै उपचार हुनेछ ।

अस्पतालका निर्देशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिए ।

‘आज मिति २०८१ फाल्गुण ०५ गते सोमबार यस अस्पतालमा गत २ दिनदेखि उपचार गराइरहनु भएका माननीय उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्यू को स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराईन्छ । दुबै जनाको जलनको घाउ निको गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यज्यूको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराइन्छ ।’

पोखरा भ्रमण वर्ष २०२५ को उद्‍घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए । घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जनाएको छ । तर, आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदय रोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार हुने विज्ञप्तिमा उल्लेख छ । संक्रमण बढ्ने जोखिम भएकाले आचार्यलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ ।

आइतबार उपप्रधान तथा अर्थमन्त्री र पोखरा महानगरका मेयरको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका थिए ।

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको छथरमा घाँस काट्न गएका थापाको भेटियो शव

Khemrdj thapa

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ५ बोक्रेमा एक पुरुष मृत भेटिएका छन् । यही फागुन ३ गते आफ...