गोकुण्डेश्वर माध्यमिक विद्यालयको ९२ औं बार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

Saman final saman

धनकुटा । धनकुटाको पुरानो विद्यालयको रुपमा चिनिएको गोकुण्डेश्वर माध्यमिक विद्यालयले आफ्नो ९२ औं बार्षिक उत्सव मनाएको छ । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउन शिक्षासेवी, कर्मचारी र शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ ।

 बार्षिक उत्सवको अवसरमा उत्कृष्ठ शिक्षक सम्मान पुरस्कारबाट विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद चापागाईलाई सम्मान गरिएको छ । त्यसैगरी सो अवसरमा गोकुण्डेश्वर मावि धनकुटाका पूर्व शिक्षक तथा शिक्षा विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक कृष्ण प्रसाद पोखरेल, शिक्षा विकास समन्वय ईकाई धनकुटाका प्रमुख महोन राई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु राजेन्द्रवहादुर प्रधान, आनन्द सन्तोषी राई, पूर्व प्रधानाध्यापक महानन्द पोखरेल, पूर्व स्रोतव्यक्ति रियन्द्र गुरागाई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष एवम् गोकुण्डेश्वर एल्मुनाई एशोसिएनका उपाध्यक्ष विजय सन्तोषी राई, महासचिव सुनिलकुमार डंगोल, कोषाध्यक्ष सावित्रि देवी श्रेष्ठ, पूर्व विद्यार्थी रेणु श्रेष्ठ, अक्षयकोष दाता प्रभा श्रेष्ठ, शिक्षकहरु हिम सागर कार्की, देवी योञ्जन, मछिन्द्र राई, बिनिता पोखरेल, इन्द्रकुमारी श्रेष्ठ, तुलसी पुरी, रिना लुईटेल अधिकारीलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी, दस्य मन कुमारी तितुङ लगायतले दोसल्ला ओढाई सम्मान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको सभापतित्वमा भएको सो वार्षिक उत्सवको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्षँ सुन्दरबाबु श्रेष्ठ, गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएसनका उपाध्यक्ष विजय सन्तोषी राई, आइपान नेपालका केन्द्रिय अध्यक्ष अम्बिका रेग्मी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेन्द्रबहादुर प्रधान, विदालयका पूर्व स्रोत व्यक्ति रियन्द्र गुरागाई, धनकुटा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मिलन खड्गी, नेत्रज्योती संघका राष्ट्रिय कोषाध्यक्ष दोर्ण गुरागाई, विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी प्रसाद सापकोटा लगायतले शिक्षा जिवनउपयोगी र व्यावसायीक तथा उत्पादनमुलुक हुनु पर्नेमा जोड दिए ।

सो वार्षिक उत्सवमा धनकुटा नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सामुदायीक विद्यालयमा प्रधानाध्यापकहरु, विद्यालयका पूर्व विद्यार्थीहरु, स्थानीय र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षाप्रेमीहरुको समेत उपस्थिती रहेको थियो ।

गोकुण्डेश्वर माध्यमिक विद्यालयले आफ्नो ९२ औं बार्षिक उत्सव ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो । सो महोत्सवमा अनतर विद्यालय स्तरीय फुटवल, भलिवल, एथलेटिक्स लगायतका प्रतियोगिताहरुको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद चापागाईले बताउनु भयो । विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पनि बार्षिक उत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाण वितरण गरिएको थियो ।

सो अवसरमा अक्षयकोष दाताहरुबाट प्राप्त कोषको व्याजबाट १३५ जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिसमेत वितरण गरिएको थियो । माथिल्लो गोकुण्डेश्वर विद्यालयको नामले परिचित सो विद्याालय व्यवस्थापकीय तथा शैक्षिक सुधारको क्षेत्रमा उत्कृष्ठ कार्य सम्पादन गरेवापत सरकारले ५ लाख रुपैयाँ पुरस्कारबाट समेत सम्मानित समेत भइसकेको छ ।

बार्षिक उत्सवको अवसरमा आज आयोजना गरिएको नगर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुने बाल संसार बोडिङ स्कुल धनकुटा, दोस्रो हुने तमर भ्याली बोडिङ स्कुल, तेस्रो धनकुटा इङ्लिस बोडिङ स्कुल र सान्त्वना हुने टंक मावि भीरगाउका विद्यार्थी तथा विद्यालयहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

विद्यालयको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको महिला, पुरुष भलिवल, पुरुष फुटवल, दौड प्रतियोगिता लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई कार्यक्रमका नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ ।

गोकुण्डेश्वर माविले एक विद्यार्थी एक छात्रवृति र एक शिक्षक एक शिक्षक सम्मान कार्यक्रम अभियान संचालन गर्ने विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईले जानकारी दिए । सो वार्षिक उत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रमा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य मनकुमारी तितुङ (तारा) ले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...