टर्कीमा विषाक्त मदिराले गर्दा १७ जनाको मृत्यु
टर्कीमा विषाक्त मदिराले गर्दा १७ जनाको मृत्यु
टर्की । टर्कीको एक शहरमा विषाक्त मदिरा सेवन गर्दा १७ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनले १७ जनाको मृत्यु भएको छ भने अन्य २२ जना अस्पतालमा उपचाररत रहेको टर्कीको मिडियाहरू बताएका छन् । गत हप्ता अधिकारीहरूले ४१० लिटर इथानोल र मेथानोल, १६५ बोतल अवैध मदिरा र मदिरा उत्पादनका उपकरणहरू जफत गरेको घोषणा गरेका थिए । टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ। यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।
विभिन्न क्षेत्रमा केही दिनको अन्तरालमा कम्तीमा २५ जनाको मृत्यु भएको खबर सन् २०२१ को अन्त्यमा आएको थियो । त्यसको एक वर्षअघि मदिरा विषाक्तताका कारण करिब ४० जनाको मृत्यु समेत भएको थियो ।
प्रतिकृया दिनुहोस