हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु
हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु
हेटौँडा । हेटौँडा उपमहानगरपालिका– ११ गोल्फिनटारका ५८ वर्षीय मन्ताज मियाँको करेन्ट लागेर मृत्यु भएको छ। उनको हेटौंँडा– ११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मियाँको आफ्नै घरको तला थप्न पिल्लरको काम भइरहेको र सडकपारिबाट फलामको रड घरतर्फ ल्याउने क्रममा घरनजिकै रहेको ११ हजार भोल्ट करेन्ट भएको तारमा फलामको रडले छुँदा करेन्ट लागेको थियो।
उपचारकै क्रममा मृत्यु भएका मियाँको गम्भीर अवस्थामा तत्काल उद्धार गरी उपचारका लागि उनलाई अस्पताल पुर्याइएको थियो।
प्रतिकृया दिनुहोस