प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् । अन्य साना दलहरुलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमतिपछि ओली प्रधानमन्त्री बनेका थिए ।

एमालेका ७८ सिट रहेका ओलीले कांग्रेसका ८८ सांसदको मात्रै साथ पाउँदा सरकारको समर्थनमा १६६ सिट पुग्छ । जुन सुविधाजनक बहुमतसहित करिब दुईतिहाइनजिक हो । यसमा दुई साना दलको ११ सिट थपिँदा ओली सरकारसँग १७७ सांसदको समर्थन सुनिश्चित हुनेछ ।

सोमबार सरकारमा समेटिएका एमाले, कांग्रेस, लोसपा र जसपासहित चार दलको कुल सांसद संख्या १७७ छ । यो दुईतिहाइ बहुमतभन्दा ७ सिट कम हो । अब उनले उपेन्द्रको जसपा नेपाल, सीके राउतको जनमत र नागरिक उन्मुक्तिको समर्थन जुटाए भने सजिलै दुईतिहाइ पुग्छ ।

र यो पनि ...

एमाले अध्यक्ष ओली धारा २ अनुसार नै प्रधानमन्त्री नियुक्त, शपथ सोमबार ११ बजे

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...