धरानमा मेयर र वडाध्यक्षबीच चर्कियो विवाद, मेयर साम्पाङले फेरि मागे राजीनामा

Harka sampang

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजिनामा मागेका छन् ।

पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि पुस १ मा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । चैत १ मा भएको कार्यपालिका बैठकमा निर्देशन पत्रको विषयमा फरक मत राखेको भन्दै ३ चैतमा मेयर साम्पाङले १० नम्बर वडाका वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए ।

मेयरको सचिवालयबाट भएको निर्देशन र मेयर साम्पाङ्‍को स्पष्टीकरण दुवै कदम गलत भएको उनीहरुको भनाइ छ । दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका थिए । तर मेयर साम्पाङले उल्टै वडाध्यक्षहरुको राजीनामा मागेका हुन् ।

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सुरुदेखि नै विवादमा परेको छ । मेयर साम्पाङले एकलौटी गरेको, छलफल नगरेको वडाध्यक्षहरुले आरोप लगाउँदै आएका छन् भने मेयर साम्पाङले वडाध्यक्षहरु विकास विरोधी भएको सामाजिक सञ्जाल मार्फत लेख्दै आएका छन् ।

तर पछिल्लो विवाद भने मेयरको स्वकीय सचिवले वडाध्यक्षहरुसँग विवरण मागेको भन्ने विषय रहेको छ । गत ७ चैतदेखि धरानका वडाध्यक्षहरुले मेयरको विरोधमा कालोपट्टी बाँधरे काम गर्दै आएका छन् । मेयर हर्क साम्पाङले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गर्न थालेका थिए ।

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन । त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...