राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

Capture 954

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सरकारले कात्तिक १ गते तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसैबाट सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।  खेलकुद मन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।

घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन् ।युवा तथा खेलकुद मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए । 
  
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...