थप ८६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

Corona test 13

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ८६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५९८ आरटी पिसिआर र २ हजार ६२१ एन्टिजेन गरी कुल ८ हजार २१९ जनामा परीक्षण गरिएकोमा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७ हजार ६४२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा, १ हजार २७१ संस्थागत आइसोलेसनमा र २३९ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३५० जना र भेन्टिलेटरमा ११२ जना उपचाररत छन् । आज १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । निको हुने दर ९६.४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...