नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की

Kamal milan dkt

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको नेतृत्व चयन गर्न निर्वाचन गरिएको छ । गएको चैत २६ गते भएको दोस्रो नगरपालिका अधिवेसनमा नेतृत्व सर्वसम्मत चयन हुन नसकेपछि आज निर्वाचन गरिएको छ ।

अध्यक्ष र सचिव पदका लागि निर्वाचन भएको छ । शनिबार भएको निर्वाचनमा कमल कार्की निर्वाचित ुभएका छन् । कार्कीले ११७ मत ल्याउँदा कार्कीका प्रतिद्धन्द्धी विष्णु दाहालले ९५ मत ल्याएका थिए ।

त्यसैगरी सचिव पदका लागि पनि निर्वाचन गरिएको थियो । सचिवमा मिलन बराल १२९ मतका साथ विजयी हुँदा उनका प्रतिद्धन्द्धी मन्दिप गिरीले ८२ मत पाए ।

उपाध्यक्ष सहितका अन्य पदमा भने चैत २६ गते सहमति भएर सर्वसम्मत घोषणा गरिएको थियो । जसमा उपाध्यक्षमा टलबहादुर गुरुङ, सहसचिवमा डम्बर कार्की र समावेशी सहसचिवमा मैया भण्डारी लगायत रहेका छन् ।

आज निर्वाचित भएका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुलाई नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुले पद तथा गोपनियताको सपथ गराए । सो कार्यक्रममा कोशी प्रदेशका सदस्य इन्द्रमणी पराजुली, राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष किरण गिरी लगायतले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...