वर्षाका कारण काठमाडौं र विराटनगरबीचको खेल स्थिगित

Rpl

काठमाडौं । राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थिगित भएको छ।

निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेका हुन्। आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो।

काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो। यो खेल काठमाडौंका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो। उनी दुई खेलका लागि काठमाडौं आएका थिए । पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित विराटनगर पहिलो जितको योजनामा थियो ।

प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...