चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप  

Khop china 2021 65

काठमाडौँ । चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिए ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज हुने गरे पनि यसपटक भने एक भाइलमा ५ डोजको खोप उत्पादन गरेकाले एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...