नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै, गुल्सनले डेब्यु गर्लान ?

Khel

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ ।

शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टि-ट्वान्टी खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

टि-ट्वान्टी खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेकाे नेपाल दाेस्राे खेलमा पनि जितकाे लक्ष्यका साथ उत्रनेछ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो ।

याे खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

नेपालले पहिलाे पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेकाे हाे । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेकाे थियाे । तर एकदिवसिय क्रिकेटमा भने पहिलाे पटक खेल्न लागेकाे हाे ।

नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...