मंगलबार थप १६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८७९ पुगेको छ।

मंगलबार २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...