संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो : थप १ हजार ८९ जना कोरोना पुष्टि, १५३४ संक्रमित निको

Coronavirus testing

काठमाडौँ । नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार १ सय ७० पिसिआर परिक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका क्रममा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५४ हजार ३ सय २१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ५ सय ३४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ७ लाख २७ हजार १ सय ८५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल ३१ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेन र २ सय ६६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३९ लाख ५८ हजार १ सय १२ वटा पिसिआर र ४ लाख ८७ हजार ४ सय ४४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...