पछिल्लो २४ घण्टामा २२९५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

Corona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८९२ आरटी पिसिआर र ३ हजार ३४१ एन्टिजेन गरी कुल १६ हजार २३३ जनामा परीक्षण गरिएकोमा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३५ हजार ८७४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा, २ हजार ५४१ संस्थागत आइसोलेसनमा र ३३८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५६८ जना र भेन्टिलेटरमा १६० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६६५, ललितपुरमा १३८, झापामा ११७, कास्कीमा १०७, भक्तपुरमा १०३ र सुनसरीमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ९०, चितवनमा ५६, नुवाकोटमा ३९, मकवानपुरमा ३७, कालिकोटमा ३२, धादिङमा २८, काभ्रेपलाञ्चोक, दोलखा र बाँकेमा २४/२४ जना, नवलपरासी पूर्व र दाङमा १९/१९ जना, उदयपुर, रामेछाप र जुम्लामा १७र१७ जना, सिन्धुपाल्चोकमा १५, गोरखा र तनहुँमा १२/१२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...