धनकुटामा फेरि बढ्यो कोरोना, एकै दिन ३९ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा फेरि कोरोना संक्रमण बढेको छ । मंगलबार धनकुटामा १२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएकोमा आज सो संख्या बढेर ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय ७ पुगेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज दिउँसो ३ वजे जारी गरेको विज्ञप्ती अनुसार आज धनकुटामा ३६ जना संक्रमण मुक्त भएका छन् ।

योसँगै कोरोनालाई जित्नेको संख्या २ हजार ३ सय ६३ जना पुगेको छ । हाल जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...