कोरोना संक्रमितको संख्या बढेको बढ्यै, थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

Coronav660

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ।

देशभर हालसम्म ३६ हजार २८८ सक्रिय संक्रमित छन्। सोमबार १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...