काठमाडौँ उपत्यकामा क्रमश बढ्दै, थप १०७५ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ।
देशभर हालसम्म ३४ हजार ४२२ सक्रिय संक्रमित छन्। बिहीबार २ हजार १२ जना संक्रमणमुक्त भएका छन्।
प्रतिकृया दिनुहोस