देशैभर ह्वात्तै बढ्यो संक्रमण : एकैदिन थप ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

Covide test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ।

देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...