साउन २२ गतेदेखि  काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप दिइने

Khop  890 90

काठमाडौं । काठमाडौंमा साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिलाई दोस्रो मात्रा दिइनेछ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रखुख बद्रीबहादुर खड्काले काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप लगाउने कार्यक्रम संचालन हुने जानकारी दिए। दोस्रो मात्रा खोप लगाउने व्यक्तिले अनिवार्य  रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने उनले बताए।

आज काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम संचालन नहुने बताइएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बूढानीलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम संचालन हुनेछ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम संचालन हुनेछ।

तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले  अनिवार्य रुपमा (vaccine.mohp.gov.np) मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए।

साउन १४ देखि १८ गते (हिजो) सम्म गतेसम्म काठमाडौंमा १ लाख ८० हजार ५३४ जना व्यक्तिले भेरोसेलको पहिलो मात्रा लगाइसकेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...