कोलस्ट्रोल कम गर्ने घरेलु उपाय केही छ ?

Cholesterol 19

काठमाडौं । कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो । हामी धेरैलाई थाहा नहुन पनि सक्छ, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई सांघुरो वा बन्द गराउन सक्छ ।

यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा ह्दयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा स्ट्रोक हुन सक्छ । त्यसैले बर्षमा घटीमा एकपल्ट रगत जांच गरि आफ्नो कोलेस्ट्रोलको मात्रा कति छ थाहा पाइ त्यहि अनुरूप जीवनशैली परिवर्तन गर्नुपर्छ ।

डिसलिपिडिमिया अर्थात कोलेस्ट्रोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या । आज हरेक बयस्क व्यक्तिको समस्या जस्तै भईसकेको छ । हाम्रो रगतमा सयूक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन् ।

यी सबै रक्त चिल्लोको आआफ्नै स्वस्थ रक्त स्तर छ । यी चिल्लोहरूको रक्त स्तर स्वासथ्यमा प्रतिकुल असर पर्नेगरि बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डीसलिपिडीमिया भनिन्छ ।

यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् र हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्दछन । यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन् । हृदयघात र मस्तिष्कघात जस्ता रोगहरू माथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कमगर्न सक्नु पर्दछ ।

कोलेस्ट्रोल हाम्रो शरीरका लागि अति जरुरी हुन्छ । यसले हाम्रो शरीरलाई बाएल, भिटामिन डी, सेल मेम्ब्रेन, सेक्स हार्मोन, नर्भ सेयथ बनाउन सहयोग गर्छ । शरीरले प्राकृतिक रूपमा आफैं कोलेस्ट्रोल बनाउँछ ।

हामीले खाने मासु, दूध, घिउ, चीज आदिबाट प्राप्त हुने कोलेस्ट्रोल हाम्रो शरीरलाई आवश्यक पर्दैन तर शुद्ध शाकाहारी खानाबाट अतिरिक्त कोलेस्ट्रोल प्राप्त हुन्छ। कसैले धेरै परिणाममा खाना खाए पनि उनीहरूमा रगतको तह साधारण रहन्छ। कोही मान्छेहरू धेरै कम खान्छन् तर रगत उच्च कोलेस्ट्रोल हुन्छ। यसको कारण जीवनशैली, वंशाणु, लिंग र शरीरले कोलेस्ट्रोललाई कसरी प्रोसेस गर्ने प्रक्रियामा भर पर्छ ।

यसरी कम गर्न सकिन्छ :कोलेस्ट्रोल कम गर्ने खाना

-चोकरयुक्त खाद्यान्न- फापर, नफलेको चामल, तोफु, सोया, होलेमिल पाउरोटी, ओलिभ, सूर्यमुखी तेल, तोरीको तेल, भटमासको तेल आदि।

-सागसब्जी- प्याज, लसुन, सिमी, बोडी, गेडागुडीजस्ता कोसेदार तरकारी ।

-ताजा फलफूलहरू स्याउ, सुन्तला, आरु, केरा।

-नट्सहरू- ओखर, हाडेबदाम, तील।

कोलेस्ट्रोल बढाउने खानाहरू-

-बिस्कुट, केक, चकलेट, पूरा चिल्लो भएको दूधका परिकारहरू जस्तै- चिज, क्रिम, बटर।

-खसी, कुखुराको छाला, सुँगुर, राँगाको चिल्लो मासु र बर्गर आदि।

-हाइड्रोजेनेरेटेट फ्याट तेल प्रयोग गरिएको क्रिप्स, चिप्स, फास्ट फुड, घिउ आदि।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...