काठमाडौँ उपत्यकामा थपिए ७७० जना कोरोना संक्रमित

Ktm

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७७० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्। सोमबार १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ६१३ पीसीआर तथा ३ हजार १९८ एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...