धनकुटामा शुन्य संक्रमण, २० जना कोरोनामुक्त

Dhankuta pcr lab

धनकुटा । केही दिनदेखि घट्न थालेको कोरोना संक्रमण धनकुटामा शुन्यमा झरेको छ ।

एक साताअघि धनकुटामा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज भने धनकुटामा कोरोना संक्रमण शुन्यमा झरेको हो । कोरोनामुक्त हुनेको संख्या भने बढेको छ ।

शुक्रबार धनकुटामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा शनिबार १४ जनामा कोरोना पुष्टि भएको थियो । तर आज भने धनकुटामा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

धनकुटामा हालसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार ३ सय ५६ पुगेको छ ।

केही दिनयता धनकुटामा कोरोनामुक्त हुनेको संख्या पनि बढेको छ । शनिबार धनकुटामा ६ जना मात्रै कोरोनामुक्त भएकोमा आज एकै दिन २० जना कोरोनामुक्त भई घर फर्किएका छन् । योसँगै धनकुटामा कोरोनामुक्त हुनेको संख्या २ हजार १ सय ४५ पुगेको छ ।

हाल धनकुटामा १ सय ८३ जना सक्रिय संक्रमित रहेकोमा १ सय ४६ जना होम आईशोलेसनमा, २५ जना संस्थागत आईशोलेसनमा र १२ जना अस्पतालमा उपचार भइरहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...