वीर अस्पतालमा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप, लाठीचार्जबाट ४ स्वास्थ्यकर्मी घाइते
काठमाडौँ । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीबीच झडप भएको छ ।
आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता तथा विभिन्न कुरामा भत्ता नपाएको भन्दै अस्पतालको प्रशासकीय अधिकृत ड. जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मी उत्रँदा झडप भएको हो ।
झडपमा परेर ४ जना घाइते भएको बताइएको छ । सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा.गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।
गौतमको आगमनपछि हस्पिटलको कुनै पनि कुरामा सुधार नआएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस