ओखलढुंगामा कोरोनाबाट थप दुईजनाको मृत्यु

Corona dead

ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु भएका सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्धको गत साउन १४ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनमा स्वासप्रस्वासमा समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आइतबार बिहान उनको मृत्यु भएको स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ ।

त्यस्तै सिद्धिचरण नगरपालिका ११ का ७० वर्षीय वृद्धमा पनि गत साउन ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएकोमा उनको पनि साउन १६ गते अर्थात हिजो ज्यान गएको हो ।

उनीहरु दुबै जनामा अन्य स्वास्थ्य समस्यासँगै अक्सिजन लेबल र स्वासप्रस्वासमा समेत समस्या देखिएकाले ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनको कुल संख्या ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...