सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै ओलम्पिकमा रोकियो नेपालको यात्रा

Saraswati chaudhari tokyo olympic

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।

सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा सहभागितामै सीमित बनेको छ ।

यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...