माधव नेपाललाई भेट्न विप्लव कोटेश्वरमा, के भयो कुराकानी ?

Biplab  nepal

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता विप्लव नेपाल निवास कोटेश्वरमा उनलाई भेट्न पुगेका हुन् ।

विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेको बताइएको छ । उनीहरुबीच पछिल्लो राजनीतिक विषयबस्तुमा छलफल भएको स्रोतले जनाएको छ ।

हिजो (बुधबार) विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...