गोरखामा पनि ३ जनामा भेटियो ‘डेल्टा भेरिएन्ट’

Delta variant  gorkha

गोरखा । गोरखाका ३ जनामा कोरोना भाइरसको नयाँ डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि गत जेठ ३१ गते लिइएको नमुनामध्ये गोरखाका ३ जनासहित गाण्डकी प्रदेशमा ५ जनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

जसमा गोरखामा पुष्टि भएकामध्ये सबै जना बारपाक सुलिकोट गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका ७०, ३३ र ४० बर्षका महिदालाई नयाँ डेल्टा भेरिएन्ट देखिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

त्यस्तै स्याँजा कालीगण्डकी गाउँपालिकाका १४ र ६० बर्षका पुरुषलाई समेत सो भेरिएन्ट पुष्टि भएको शर्माले जानकारी दिए । 

आइतबार प्रेश विज्ञप्ती जारी गर्दै संयोजक शर्माले यो भेरिएन्ट पहिलाको भन्दा संक्रमण हुने दर बढी रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयनमा ध्यान दिन समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...